काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। माओवादीसँगको गठबन्धन टुटेपछि सरकारबाट बाहिरिएको कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्नु पूर्व बैठक बस्न लागेको हो।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठक आज दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


