काठमाडौँ– नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन्। एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन्।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्री बनेपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन्। सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन्।
