काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर पुगेका छन्।
प्रचण्ड र ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन्।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले प्रचण्डले धोका दिएको उल्लेख गरेका थिए।
तर महासचिव घनश्याम भुसालले एमाले-माओवादी गठबन्धनलाई कामका आधारमा समर्थन र विरोध गर्ने भएकाले पर्ख र हेरको रणनीति लिइने जानकारी दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड सोमबार पनि नेपाल निवास पुगेका थिए।
आफूहरुको गठबन्धनमा सहभागी हुन प्रचण्डले नेपाललाई आग्रह गरेका छन्।
