२०८३ कार्तिक १७ गते सोमबार

कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २२
kangresh

लुम्बिनी- नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत भएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ। नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो।

अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो। आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाए भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन्। प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताए।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याए।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताए।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २०८० फाल्गुण २२ गते मङ्गलबार ०९:४५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना