काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पनि एमाले, माओवादी र रास्वपासँगै सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
दुई मन्त्रालय लिएर सरकारमा जाने एसकाे निर्णय छ।
एसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने छ। अर्को मन्त्रालयकाे टुंगो लाग्न बाँकी छ।
