काठमाडौं– नेकपा माओवादी केन्द्रले पाँच मन्त्रालय पाएको छ। मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ।
यसअघि नै मन्त्री बनिसकेका हितबहादुर तामाङले उनी पर्यटनमन्त्रीको जिम्मेवारी पाउने भएका छन्। यस्तै वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन्।
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्ने पक्का हुँदा त्यस्तै रेखा शर्मा र शक्ति बस्नेत पनि पुनः मन्त्री बन्ने भएका छन्। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत उर्जा तथा जलस्रोत मन्त्री थिए। उनीहरूको मन्त्री पद यथावत् रहने भएको छ।


