काठमाडौं– नेकपा एमालेले ८ जना मन्त्रीको नाम टुंग्याएको छ। सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन्।
यसअघि पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। एमालेले दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्री बनाउने भएको छ।


