काठमाडौँ- नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा बुधबार तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए।
नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन्।


