काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्यागुते प्रवृत्ति’ देखाएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बनाएका हुन्। राउतले १५ महिनामा तीनपटक सत्ता गठबन्धन परिवर्तन गरिएको भन्दै प्रधानमन्त्रीको यो प्रवृत्तिले राजनीतिलाई स्थिर हुन नदिने बताए।
‘सत्ता गठबन्धन किन फेर्नु परेछ? कुनै गहिरो कारण होला भन्ने ठानेको थिएँ। मैले त एउटा सैद्धान्तिक धरातलमा वाम गठबन्धन हुँदै छ भनेर कमेन्ट पनि गरेको थिएँ। प्रधानमन्त्रीको कुरा सुनेपछि त त्यस्तो होइन रहेछ, एउटादुइटा कुर्सी नमिलेर पो रहेछ। राष्ट्रियसभामा एक सिट हारेर पो रहेछ,’ उनले भने।


