काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन्।
बिहीबारको जसपा कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो।
जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्यमन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ।
यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र साह वन तथा वातावरणमन्त्री बन्ने भएका हुन्।
यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्।
यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ।


