काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्ने भएको छ। पार्टी अध्यक्ष लिङ्देनले राखेका विषयमाथिको छलफल नसकिएकाले बैठक आज पुनः बस्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।
बैठक आइतबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।


