काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र छोडेकोमा पश्चाताप व्यक्त गरेका छन्। गोरखा क्षेत्र नम्बर २ मा आफूले प्रचण्डलाई बाबुरामले निर्वाचन क्षेत्र छोडेका थिए। नेपाली कांग्रेससमेतकाे समर्थनमा प्रचण्ड चुनाव जितेर प्रधानमन्त्री बनेका छन्।
यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई मतदातासँगको वृहत् छलफलमा निर्णय पुनर्विचार गरेको उनको भनाइ छ। बाबुरामका राजनीतिक सहयोगी विश्वदीप पाण्डेले बताएका छन्।
‘अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो। त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो,’ पाण्डेले भने, ‘अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ।’
गत वर्ष निर्वाचनमा बाबुरामको पार्टी नेसपा माओवादीको चुनाव चिन्हबाट लडेको थियो भने बाबुरामले नै प्रचण्डलाई गोरखा २ मा आफ्नो क्षेत्र छाडेर चुनाव जिताएका थिए।
बाबुरामले प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका छन्। भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरिसकेका छन्।
वाम गठबन्धन भएका बेला पनि नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।


