काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।
दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
दाहालका पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।
दाहालले पाएको मत सभाको बहुमत भएकाले उनी निर्वाचित भएको सभाले घोषणा गरेको छ।
उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।
राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन सांसदहरूको तछामछाड चलेको थियो।










