२०८३ कार्तिक ११ गते मङ्गलबार

छोरी पढाउने स्कुल चाहियो

 |  उपेन्द्र सुब्बा
Sanket

उपेन्द्र सुब्बा

काठमाडौँ, बैशाख ५
chhori padhaune
फाइल तस्बिर

जारी फिल्म सुखद रुपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन। नानीको आमालाई छोरीसँग स्कुल पठाएँ। घर म राति पुगें। घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

मेरो माइली छोरी जाउलाखेलको डीएभी सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिनछन्। पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइछन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ यसको बुवा खै? किन नआएको भनी सोधियो रे। नानीको आमाले व्यस्त भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन। यिनले पढ्नै सक्दैन’ भनेछन्। पहिला पनि जोशी सरले ‘पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने’ भन्दै आमा छोरी दुवै मसँग रोए।

विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै?

यो कुरा मलाई सुनेर रातभर निन्द्रा लागेन। मनमा अनेक कुरा खेल्यो। आफैसँग रीस पनि उठ्यो। तब देश सम्झें। सरकार सम्झें। देशको शैक्षिक अवस्था सम्झें, शैक्षिक संस्थाहरु सम्झें। गुहार्नलाई साथीभाई सम्झें। फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन। कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन। यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाऊ’ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें।

विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी फेल होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन…।

उपन्यासको अवसान भयो, अनि उपेन्द्रले ‘जारी’ जन्माए

बिहान उठेर शैलेन्द्र डी कार्की सरलाई गुहारें। स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं। के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ। र यति भनें, ‘मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु। हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नु। बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।’

मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन पढ्न औधि रुचि राख्छिन्। मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।

(सुब्बा कवि, लेखक तथा फिल्म निर्देशक हुन्। उनले निर्माण गरेको फिल्म ‘जारी’को प्रदर्शन जारी छ।) 

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार ०८:३८
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना