काठमाडौँ- कोशी प्रदेशका बारेमा छलफल गर्न कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितका नेताहरु अहिले देउवा निवासमा छन्।
पार्टी सभापति देउवाले बिहीबार बिहान २ उपसभापति, २ महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ। नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन्। त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्ने भएकाले त्यसका बारेमा छलफल गर्न देउवाले छलफल गरिरहेका छन्।
कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद मात्र छन्। सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।


