काठमाडौँ- नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन्। विद्यार्थी संघका असन्तुष्ट नेता रामजी बस्नेतले आत्म दाहको प्रयास गरेका हुन्। उनको अहिले कीर्तिपूर स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गाना र कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा गरिएको सहमति कार्यान्वयन नभएकाले उनले आत्मदाहको प्रयास गरेका हुन्।
गत भदौ ३ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरु (शेर्पा, ढुङ्गाना र पौडेड) हिचकिचाएको र एक तर्फी निर्णय भएको बस्नेतले आरोप लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिएतापनि आज १ः०० केन्द्रीय समितिको बैठक बोलाइएको थियो। उत्त आन्दोलनको गतिविधि निरन्तर रुपमा अगाडी बढाइने कुरा नेता प्रवेश ढुङ्गानाले जानकारी दिएका छन।
करिब १५ जनाको समूह सहभागी भएका मध्ये एकले मात्र आत्मदाहको प्रयास गरेका थिए र अघिल्लो चरणमा अन्य साथीहरु पनि आत्मदाह गर्ने जानकारी दिएका छन।


