काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने भन्दै कांग्रेसले बैठक अवरोध गरेको हो।
‘प्रधानमन्त्रीजी सदनमा नआउने! सभामुखले रूलिङ गर्नुभएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रतिपक्षलाई वेलमै बोलाएको हो सत्ताले? वेलमा आउन बाध्य नपारियोस्।’
उनले प्रतिपक्ष उभिएका बेला सदन अवरोध भएको मानिने बताएका थिए।
