काठमाडौँ- एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर डिजिटल भुक्तानी सुविधाको लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।
प्रयासले नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकलगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुवै कम्पनीको विश्वास छ।
समझदारीपत्रमा एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानको सहभागिता रहेको थियो।


