काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ।
शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरुले नाराबाजी सुरु गरेका हुन्।
उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरेका हुन्।
कांग्रेस सांसदले नाराबाजी गरेपछि सभामुखले बाँकी कार्यक्रम सूचीबाट हटाएर अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएर आजको बैठक स्थगित गरेका छन्।


