काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थपिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई मनोनीत गरेका हुन्।
दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति यसअघि ७११ सदस्यीय थियो। ४१ जना थपिएसँग उक्त कार्यसमिति ७५२ सदस्यीय भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सदस्यहरू थप गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चैत १ गते नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका थिए। केन्द्रीय समिति विस्तार गर्दा आफ्नो समूहका विद्यार्थी छुटेको भन्दै असन्तुष्ट नेता रामजी बस्नेतले आत्मदाहको प्रयास गरेका थिए। उनी पनि विस्तारित सूचीमा समेटिएका छन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गाना र कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा गरिएको सहमति कार्यान्वयन नभएकाले विरोधका कार्यक्रम गरिएको अर्का असन्तुष्ट नेता प्रवेश ढुंगानाले बताएका थिए।
गत भदौ ३ गते ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भएको थियो।
शनिबार थपिएका केन्द्रीय सदस्यहरू
१. दीपकराज ओझा, कैलाली
२. अशोक सिंह विष्ट, कञ्चनपुर
३. विनोदकुमार शाही, दैलेख
४. किरण नेपाली, नुवाकोट
५. गणेशबहादुर शाही, अछाम
६. सोमराज मल्ल, डोल्पा
७. एरिका ढकाल, मोरङ
८. कविराज शाही, मुगु
९. बलराम खड्का, बारा
१०. सुदीप अधिकारी, लमजुङ
११. भावना रिजाल, पाँचथर
१२. अमृत उप्रेती, काभ्रे
१३. प्रविण कैनी, तनहुँ
१४. आशीष वर्मा, बाँके
१५. सिद्धराज जोशी, अछाम
१६. प्रज्वल महत, जुम्ला
१७. कविता वन, खोटाङ
१८. रामजी बस्नेत, रामेछाप
१९. देउमान लोङ्वा, ताप्लेजुङ
२०. अमितकुमार साह, सिरहा
२१. संस्कार कोइराला, कास्की
२२. प्रदीप शर्मा, पर्वत
२३. प्रविनराज कँडेल, लमजुङ
२४. निश्चल घिमिरे, मोरङ
२५. करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६. रवि योगी, सुर्खेत
२७. डम्मर साउँद, बाजुरा
२८. डण्डीराज जोशी, कैलाली
२९. निराजन बटला, अछाम
३०. असितमान श्रेष्ठ, काठमाडौं
३१. खेम राउत, उदयपुर
३२. अनिता सापकोटा, काभ्रे
३३. झिमलाल चापागाईं, स्याङ्जा
३४. आशीषचन्द्र न्यौपाने, भोजपुर
३५. आकाश उप्रेती, चितवन
३६. सुमित बोहरा, कैलाली
३७. दीप जैसी, अछाम
३८. मंगल रावत, बाजुरा
३९. दिलीप आचार्य, दाङ
४०. रामचन्द्र महरा, बैतडी
४१. लोकेन्द्र बडैला, कैलाली


