२०८३ साउन १३ गते बुधबार

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
rastpati

लहान (सिरहा)- राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्न आग्रह गरेका छन्।

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए।

‘सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ’, उनले भने।

त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको पनि उनले बताए।

‘यहाँका विद्यालयले स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउने मैले विश्वास लिएको छु’, उनले भने, ‘विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा सवर्द्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ, जहाँ हाम्रा सन्तति र कर्णाधारको भविष्य सुरक्षित हुनेछ।’

उनले शिक्षाको विकासका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको समेत बताए। ‘त्यसैले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठयक्रम र पठनपाठन विधि अपनाउन पनि म यहाँहरूलाई आग्रह गर्दछु’, राष्ट्रपति पौडेलले भने।

उनले त्यसका लागि तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको बताए।

सात दशकभन्दा बढी लामो समयसम्म स्थानीयस्तरमा सहज र सरलरूपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सामाजिकलगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गरे। साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवं भौतिक पूर्वाधार तथा विद्यार्थी एवं अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरोस् र देश विदेशमा विद्यालयबाट शिक्षित भएका विद्यार्थीले देशको शान तथा गौरव उँंचो बनाउन योगदान दिने विश्वास व्यक्त गरे।

हीरक जयन्तीका अवसरमा प्रतिनिधिसभा सदस्य तेजुलाल चैधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको अझै उत्तरोत्तर प्रगति कामना गर्दै आफ्नो विद्यालय समयको स्मरण गरे। उनीहरु तीनै जना यही विद्यालयका पूर्वविद्यार्थी तथा दाता परिवारका सदस्यसमेत छन्। त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जनजति जग्गादाता र पूर्वविद्यार्थीलाई समान गरेका थिए।

प्रकाशित: २०८० चैत ३ गते शनिवार ०७:२७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना