काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई बोलाएर उक्त निर्देशन दिएका हुन्।
गृहमन्त्रीको निर्देशनपछि सीआईबीले चौधरीको बयान लिने तयारी गरेको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि सुरु गर्न लामिछानेले निर्देशन दिएका छन्।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा केही पहिले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए।


