काठमाडौँ- विश्व वित्तीय सप्ताह (ग्लोबल मनL विक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदे बाली उत्पादक कृषकहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
बैंकका कोशीप्रदेशको प्रमुखश्री मोहनदत्तखनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो।
गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ।सोमबारदेखि ग्लोबल मनी विक सुरु भएको हो।


