काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बनबारे छलफल गरेपनि अनिर्णित बनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केही पदाधिकारीले महरालाई तत्काल निलम्बन गर्नुपर्ने धारणा राखे पनि कुनै निर्णय नगरी बैठक सकिएको हो।
‘उपाध्यक्ष महराका बारेमा हरेक पाटा र पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्यौं। छलफल जारी छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ,’ बैठकपछि माओवादी प्रवक्ता सापकोटाले भने, ‘आज सदनमा प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्ने कारणले गर्दा बैठक सकियो। छलफल गरी छिट्टै निष्कर्षमा पुग्छौं।’
उनका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङसमेत गरेको थिए। कपिलवस्तुबाट भागेर भारत प्रवेश गर्न लागेका महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।
सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। महरामाथि अनुसन्धान गर्न प्रहरी (सीआईबी)ले ४ दिनको म्याद पाएको छ।
उता महरा भने बिरामी परेको भन्दै निर्भिक अस्पतालमा भर्ना भएका छन्।


