काठमाडौँ – नाडा अटो सो २०२३ मार्फत प्रवेश गरेको सेरेसले शाखा विस्तारलाई जोड दिने भएको छ।
सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका ईभीका उपभोक्ता बढेकाले बजार विस्तारलाई प्राथमिकता दिन शाखा विस्तारलाई आक्रामक रूपमा अघि बढाउन लागिएको बताएको हो।
सेरेसले नारायणघाट, धनगढी, वीरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ। छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।
यसअघि नक्साल, पानी पोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर, पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा सेरेसले सञ्जाल विस्तार गरिसकेको छ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।


