२०८३ कार्तिक १७ गते सोमबार

प्रचण्डलाई पत्र लेख्दै शर्माले भने- विदेशी शक्तिको आडमा गठबन्धन फेर्नुभयो, पार्टीमा रहन सकिनँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ८
ramkumar_sharma

काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन्। संविधान सभा सदस्यसमेत रहेका शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

पार्टीका अध्यक्ष प्रचण्डलाई बुझाएको राजीनामाको विवरण फेसबुकमा सार्वजनिक गर्दै नेता शर्माले पार्टीका प्रमुख पदाधिकारी भ्रष्टाचार काण्डमा संलग्न भएकोलगायतका आरोप लगाएका छन्। यस्तै, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट पार्टीलाई च्यूत गराएको आरोप पनि उनको छ।

जनादेश विपरीत विदेशी शक्तिको आडमा सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरेको आरोप पनि उनले प्रचण्डलाई लगाएका छन्। देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अध्यारो दिशातर्फ धकेलेको आरोप पनि उनले अध्यक्ष प्रचण्डमाथि लगाएका छन्।

‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाशपातालको फरक पाएको अनुभुति हुन्छ,’ राजीनामापत्रमा उनले लेखेका छन्।

यस्तो छ शर्माले प्रचण्डलाई बुझाएको राजीनामा पत्र

आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
बिषय-राजीनामा
३बर्ष को भूमिगत जीवन र १५ बर्ष को खुल्ला (संसदिय) राजनीति मा आदरणीय अध्यक्ष क.प्रचण्ड संग केन्द्रीय समिति मा रहि काम गर्ने अबसर प्राप्त भयो ! यो अबधीमा वहा लगायतका नेताहरु संग सहकार्य गर्दा अमुल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अबसर मिल्यो ! यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरु लाई हार्दिक धन्यावाद दिन चाहन्छु !

नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट बिद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे! जनयुद्ध को दौरान आफु सौभाग्यवश पटक-पटक बाच्न सफल भएपनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे! म निर्बाचित संविधान सभा पद माओवादी कै कारण राजीनामा नै दिए ! म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पुर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अबसर प्राप्त गरे!

माओवादी पार्टी मा संलग्न हुदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भैरहेको काम को समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ! माओवादी पार्टी ले लिएका क्रन्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पुर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निशुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नया नेपाल बनाउने सपना मात्रै तुहिएको छैन!महान जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान जनयुद्ध लाई नै कलंकित गर्ने काम भैरहेको महशुश गरेको छु !

सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तीमा सुशासन ,समृद्धी र समाजिक न्याय को कुरा जति नै गरेपनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु बिभिनिन भ्रष्टाचार काण्ड मा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रुपमा रुपान्तरण हुनु ! १० बर्षे जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै जानु र जनादेश बिपरित बिदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबंधन फेरिरहने र देशलाई अस्थिरता एवं बिदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशा तर्फ धकेले को महशुश गरेको छु! यस्तो अबस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु !

२०८० चैत्र ८

प्रकाशित: २०८० चैत ८ गते बिहिबार ०९:४२
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना