काठमाडौँ- माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालयका लागि ८ वटा शौचालय बनाइदिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।
बैंकले निर्माण गरेका शौचालयहरू विद्यालय व्यवस्थापन समितिलाई बिहीबार हस्तान्तरण गरेको हो।
गोदावरी नगरपालिका–६ का वडाअध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले विद्यार्थीहरुको सहजताका लागि शौचालय बनाइदिएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गरे।
विद्यालयमा १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक-कर्मचारी छन्।


