काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेता राजेन्द्र महतोलाई निष्काशित गरेको छ। पार्टीको बैठक सकिएपछि आयोजित पत्रकारसँग कुरा गर्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टी भन्दा बाहिरको गतिविधि गर्न थालेकाले स्वतः निष्काशित भएको जानकारी दिएका थिए।
सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो। त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए।
लोसपा लोसे शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने भन्दै महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरिसकेका छन्।


