२०८३ कार्तिक १६ गते आईतबार

अजयमेरुकोट संरक्षणको पर्खाइमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
अजयमेरुकोट संरक्षणको पर्खाइमा

डडेल्धुरा- डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन्।

मल्ल राजाको दरबार, रानीले रानीताल नुहाउन जाने गुफा, घोडा राख्ने तबेला, नौला, देवलहरुको संरचना केही नास भएका छन् भने कतिपय जीर्ण अवस्थामा रहेका छन्। कोटमा जाने बाटो भने नेपाली सेनाको सहयोगमा निर्माण भइरहेको छ। पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलहरुको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ।

डडेल्धुरा सदरमुकामबाट सात किलोमिटर टाढा पश्चिममा रहेको हाटगाउँको बस्ती र खोलाको बीचमा प्राचीनस्थलका रूपमा अजयमेरुकोट अवस्थित छ। बाइसे चौबिसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देवल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष, पोखरी आदि वास्तुकलालाई पुनःनिर्माण गर्नसके कोट आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीय फगिर ओढले बताए।

राजा नागी मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको संवद्र्धन नहुँदा पर्यटकीय दृष्टिकोणले पनि मुनाफा लिन नसकिएको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष वसन्ती पालको भनाइ छ। कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने उनी बताउछिन्।

जीर्ण संरचनामा अहिले पनि १० फिटभन्दा लामा ढुङ्गा रहेका छन्। स्थानिय अजयमेरु गाउँपालिकाको पहलमा बिहीबार छिमेकी पालिका भागेश्वर र अमरगढी नगरपालिकासँगको संयुक्त बैठक गरी कोटको संरचनाको जीर्णोद्धारका लागि पहल सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। आठौँ शताब्दीमा राजा नागि मल्लले निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन्। पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको भए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्तिको संरक्षणका लागि कुनै पहल नभएको स्थानीयको गुनासो छ। कोट क्षेत्रमा रहेका अधिकांश संरचना पूर्ण रुपमा नष्ट भइसकेका छन्। सरकारले कोटको संरक्षण र संवद्र्धनका लागि गुरुयोजना बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ।

प्रकाशित: २०८० चैत ९ गते शुक्रबार ०५:०२
प्रतिक्रिया

थप समाचार

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

एनएमबी बैंकको नाफा २७ प्रतिशत बढ्यो, तीन महिनामा १ अर्ब १६ करोड

काठमाडौँः एनएमबी बैंकको खुदनाफा २७.११ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ...

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

काठमाडौँ: एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना