काठमाडौं- कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
विश्व वित्तीय सप्ताहको अवसरमा किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे वित्तीय साक्षरता कार्यक्रम गरेको हो। बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद सापकोटा तथा डण्डा शाखा प्रमुख टीकाराम अधिकारीले प्रस्तुति दिए।
बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उतm कार्यक्रम गरिएको थियो। बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाइ रहेको थियो।
हाल बैंकले १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको जनाएको छ।


