काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर फ्याँकेको बताएका छन्।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले आफूहरूलाई भने प्रधानमन्त्रीले नफ्याँक्ने जिकिर गरेका हुन्।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले आफूहरू जोखिम मोलेर सरकारमा गएको समेत उल्लेख गरे।
‘सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई भनेको छु, यही अवस्था कायम रहिरहे आउने चुनावअघि नै जनतामा भरोसा जगाउन सकिन्छ । हामी जोखिम मोलेर जोडिएका छौं,’ उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौं, काम गर्न सकेनौं भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ। मात्रै मिति लेख्न बाँकी छ। हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौं भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ।’


