२०८३ कार्तिक २३ गते आईतबार

आँखाको साथसाथै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
aakha upachar

काठमाडौँ- नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशैभर रहेका आफ्ना आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ। हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाका शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले आँखा उपचार सेवा प्राप्त गरेका थिए।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिए।

उनले सङ्घले आँखा उपचारको साथ साथै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिए। उनका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो। विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निः शुुल्क ज्योति प्रदान गर्दै आइरहेको बताए। उनका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ। सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो।

उनले भने, ‘सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा पाइरहेका छन्।’

आर्थिक अभाव र जानकारीको अभावमा वर्षौदेखि दृष्टिविहीन जीवन बिताइरहेका उनीहरुलाई नेत्रज्योतिको यो कार्यक्रमले नयाँ जीवन नै प्रदान गरेको बताइएको छ। उनले सङ्घले मोतिविन्दुका बिरामीको शल्यक्रियाका लागि उच्चतम प्रविधि भित्रायायको छ यसले गर्दा सल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्किन सक्ने जानकारी दिए।

सबै नागरिकलाई समतामूलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दुका अलावा दृष्टिदोष, बालदृष्टि विहिनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुर्नस्थापकिय सेवासम्बन्धी राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको उनले बताए।

सङ्घले हाल देशभरिमा २८ आँखा अस्पताल स्थापना गरिसकेको छ। सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घद्वारा सञ्चालित २७ आँखा अस्पतालले अहिले दशैभरि जनताको घरदैलोमा सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको बताए।

उनका अनुसार सङ्घले आँखा अस्पतालको अलावा एक सय ५६ आँखा उपचार केन्द्रहरुको स्थापना गरेको छ। जहाँबाट प्राथमिक तहको आँखा उपचार सेवा प्रवाह हुन्छ। उनका अनुसार मानिसमा देखिने आँखासम्बन्धी करिब ८० प्रतिशत समस्याको समाधान आँखा उपचार केन्द्रबाट नै हुने गर्दछ। सङ्घको अहिले सात वटै प्रदेश र ४३ जिल्लामा जिल्ला शाखाको स्थापना भइसकेको छ।

सङ्घमा आबद्ध करिब १० हजार स्वयं सेवकको अथक प्रयास र मिहिनतबाट सङ्घले उपलब्धि हासिल गर्न सफल भएको उनले बताए। उनले भने, ‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कोही पनि मानिस आँखा उपचारबाट वञ्चित नहुन् भनेर सङ्घले विभिन्न समयमा देशका विकट क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ।’

सन् १९८१ म गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशत रहेको देखाएको थियो। यसको ठीक ३० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले नेपालमा अन्धोपनको स्थिति घटेर ०.२८ प्रतिशतमा झरेको थियो। नेपालको अन्धोपन न्यूनीकरण कार्यमा प्राप्त यो सफलतामा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

आँखा उपचार र दृष्टिविहीनता न्यूनीकरणमा कोशेढुङ्गाा बन्न सफल सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म नियमित आँखा उपचार सेवालाई विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक डा मिश्रले बताए। उनले भने, ‘अहिलेको विज्ञान र प्रविधिको आधुनिक युगमा कोही पनि आँखा उपचार सेवाको पहुँच टाढा नहोस् भन्ने हेतुले अहिले सङ्घले आफ्ना योजना एवं कार्यक्रम अगाडि बढाएको छ । सङ्घले हालै मात्र आफ्नो पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ। उक्त योजनाले नेपालमा बढीभन्दा बढी मानिसलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारका लागि पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ।’ नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलको सक्रियतामा विसं २०३५ चैत १३ गते सङ्घको स्थापना भएको थियो।

प्रकाशित: २०८० चैत १२ गते सोमबार ०७:५०
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना