काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोप लगाएका हुन्। रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु आवश्यक रहेको बताए।
‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले। छट्टुहरु त आउँछ, लटरपटर पार्छ। झुक्याउँछ। अलपत्र यसो रङरोगन गर्छ, जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन। हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन। हामीलाई गति भएको मान्छे पनि चाहियो,’ उनले भने
महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरु भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने बताए।
