२०८३ कार्तिक १७ गते सोमबार

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १३
narayankaji

बेइजिङ- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपालः लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेनल’लाई सम्बोधन गर्दै उनले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराए।

‘विश्वका ठूला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘चीन नेपालको महत्वपूर्ण व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी रहेको देश हो। सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र, चीन र भारत नै हो, त्यसैले नेपाल लगानीका लागि उपयुक्त स्थल हो।’

तीन करोड जनसंख्या भएको एवं सस्तो श्रमशक्तिको उपलब्धता भएको नेपाल आफैँमा राम्रो बजार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालमा लगानीको ठूलो अवसर रहेको स्पष्ट पारे। विगतका वर्षहरूमा, नेपाल चिनियाँ व्यवसायी नेताहरूका लागि लगानीको अत्यन्तै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उनले लगानीका लागि जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उत्पादनमूलक उद्योग क्षेत्रमा लगानीका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताए।

‘व्यापारमैत्री वातावरण स्थापना र विदेशी लगानी आकर्षित गर्नका लागि हामीले नीति, संस्था र कार्यविधि सुधार गरेका छौँ’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘लगानी सम्मेलनको प्रारम्भमा कानुनी, संस्थागत र प्रक्रियागत सुधार लगायतका महत्वपूर्ण निर्णयहरू भएका छन्’, नयाँ वैदेशिक लगानी नीति लागू भएको उल्लेख गर्दै उनले लगानीसम्बन्धी धेरै कानुनी औजार बनेको र लगानीसम्बन्धी ऐनमध्ये भूमि अधिग्रहण ऐनसहित १२ वटा ऐन सम्मेलनअघि संशोधनको तयारीमा रहेको जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामी थप नीति, नियामक, र प्रक्रियागत सुधारहरू लागू गर्न लागि परेका छौँ, सुधारको अर्को चरणमा बौद्धिक सम्पत्ति अधिकारहरू समावेश हुनेछन्।’ उनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा दिइने बताउँदै नेपालले झन्झटमुक्त भिसा प्रक्रिया लागू गरेको बताए।

‘विदेशी लगानीको स्थिति स्वदेशी उद्योगको सरह हुने कानुनी व्यवस्था गरेका छौँ’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘लिज फाइनान्सिङ, इक्विटी लगानी, संयुक्त उद्यम, वा प्रविधि हस्तान्तरण सम्झौताहरूमार्फत नयाँ व्यवसाय स्थापना गर्न सम्भव छ।’ उनले ऊर्जा उपलब्धताको सुधारिएको र पछिल्लो समय बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न नेपालसक्षम भएको बताए।

हाल नेपाल सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट माथि उठ्ने, सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनमा शून्यमा पुग्ने लक्ष्यका साथ नेपाल अगाडि बढेको बताए। ‘ठूला लक्ष्यहरू हासिल गर्न नेपालको आन्तरिक स्रोत मात्र पर्याप्त छैन’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘स्रोतको कमीलाई पूरा गर्न हामीलाई पर्याप्त लगानी, आधुनिक प्रविधि र महत्वपूर्ण पूर्वाधार चाहिएको छ।’

नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले पारस्परिक लाभका लागि परिष्कृत आर्थिक साझेदारीको लागि नेपाल तत्पर रहेको बताए। उनले दुई राष्ट्रको घनिष्ठ सांस्कृतिक सम्बन्ध र भौगोलिक निकटतालाई सरकार र व्यावसायिक क्षेत्रहरूसँगको संलग्नतालाई अगाडि बढाउन तत्पर रहेको उल्लेख गरे।

नेपाल र चीनबीच सन् १९५५ मा द्विपक्षीय सम्बन्ध स्थापना भए पनि जनस्तरको सम्बन्ध भने सदियौँदेखि रहिआएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हाम्रा प्रचीन भौगोलिक सम्बन्ध, वैवाहिक सम्बन्ध, सांस्कृतिक समानता, आपसी बुझाइ र बुद्ध धर्मका कारण एकअर्कासँग गसिएको छ।’

नेपाल–चीनबीच समस्यामुक्त दरिलो द्विपक्षीय सम्बन्ध कायम राखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले एकअर्काको सम्मान र समझदारी सम्बन्धको आधार भएको स्पष्ट पारे। उनले भने, ‘हामीले सधैँ एकअर्काको संवेदनशीलता र चासोलाई सम्मान गरेका छौँ। ‘एक चीन नीति’प्रति नेपालको सदैव प्रतिबद्धता रहिआएको छ।’

नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ कोअपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘एक वर्षपछि, हामीले रेलवे, सडक, उड्डयन, बन्दरगाह, र पावर ग्रिडहरूमा लगानी गर्ने निर्णयका अलवा हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल अवधारणामा रहेर पूर्वाधार विकास गर्ने निर्णय गरेका छौँ।’

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई विकास र सहयोगका लागि सदा–स्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीमा स्तरोन्नति गरिएको उल्लेख गर्दै उनले नेपाल–चीन सम्बन्ध सुदृढ तुल्याउने कार्यमा त्यसबेलादेखि उल्लेखनीय प्रगति भएको बताए।

‘कुनै समय बाधाका रूपमा चिनिने हिमालय शृङ्खला नयाँ युगको सहकार्यको पुलमा परिणत हुनेछ’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘हामी हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल निर्माण गर्न दृढतापूर्वक समर्पित छौँ।’ चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार र प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो देश रहेको उल्लेख गर्दै उनले चीन आर्थिक, प्राविधिक र सामाजिक क्षेत्रमा ठूलो सफलता हासिल गर्ने राष्ट्रहरूको सबैभन्दा ठूलो उदाहरण भएको बताए।

चिनियाँ कम्युनिष्ट पार्टीको दूरदर्शी नेतृत्वमा छोटो अवधिमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ अनुभव र विशेषज्ञताबाट नेपालले पनि सिक्न चाहेको बताए।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रतिष्ठित व्यापारिक नेताहरूको यो उत्साहजनक भेलालाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यसले विकास र नवप्रवर्तनका लागि उत्प्रेरकको रूपमा विश्वव्यापी रूपमा ख्याति कमाएको बताए।

चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडसँगको सहकार्यमा दूतावासले आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद दिँदै उनले यस सम्मेलनले आगामी महिना काठमाडौंमा हुन लागेको लगानी सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

‘शिखर सम्मेलनको मुख्य उद्देश्य साझा समृद्धिका लागि हाम्रा दुई देश र जनताबीचको सहकार्यलाई बढावा दिनु हो’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘यस्ता क्रियाकलापले व्यावसायिक समुदायहरू सामाजिक–आर्थिक रूपान्तरणमा प्रमुख भूमिका खेल्नेछ।’

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार, कृषि, पर्यटन र सेवालगायत क्षेत्रमा लगानीका लागि आग्रह गरे। नेपालमा लगानीमैत्री वातावरण बनाइएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए।

चीनका लागि नेपाली राजदूत विष्नुपुकार श्रेष्ठले नेपालमा लगानीको वातावरण अनुकूल रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे। कार्यक्रममा चिनियाँ लगानीकर्ताको सहभागिता थियो।

प्रकाशित: २०८० चैत १३ गते मङ्गलबार ०९:२५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना