काठमाडौँ- सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ ।
सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।
गृह मन्त्रालयको कामकारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई डाकेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजनालगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।


