२०८३ कार्तिक १४ गते शुक्रबार

डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सीडेन्टको सहकार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १४
pepsident

काठमाडौं- विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि पेप्सीडेन्ट ब्रान्डले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नको लागि मार्च महिनाभर विभित्र गतिविधिहरू सम्पन्न गरेको घोषणा गरेको छ।

मानव शरीरको सम्पूर्ण स्वास्थ्यको लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेको तथ्यलाई पेप्सीडेन्ट नेपालले प्रवर्द्धन गर्दै आएको उक्त ब्राण्डले यस्तो घोषणा गरेको हो । स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादनहरू प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुहरूविरुद्ध लड्ने चेतना पुराएको ब्रान्डको दावी छ ।

ब्रान्डले एक एक पाइलासँगको सहकार्यमा नेपालका दुर्गम भेगहरूमा १६०० जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरेको थियो।

साथै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निशुल्क डेन्टल स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। ब्रान्डले पेप्सीडेन्ट नमुनाहरू वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरीकाहरूबारे सचेतना बढाएको थियो।

२० मार्च, २०२४, विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सीडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएशनसँगको साझेदारीमा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ नाराका साथ एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गरेको थियो।

काठमाडौँ, भक्तपुर र ललितपुरका १५ स्थानहरूमा आयोजित सो कार्यक्रमले ३५०० सहभागीहरूलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो ।

७०–८० स्वयमसेवक र १०/२० दन्त कार्यकारी अधिकृतहरू रहेको १०० जनाको टोली सहित यस कार्यक्रमले सहभागीहरूलाई आकर्षक क्रियाकलापहरूमा संग्लन गराई उनीहरुमा पेप्सीडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियो । यसका अतिरिक्त, पेप्सिडेन्ट नेपालले किप ब्रसिङ एण्ड किप स्माइलिङ नामक डिजिटल अभियान सुरु गरेको थियो।

उक्त अभियानको लक्ष्य संगीतको धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमको महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सिेडन्टले दाँत माझ्दै रमाउदै नाच्न प्रेरित गर्नु रहेको ब्राण्डको भनाइ छ ।

सो अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरूको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो। सबैलाई विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को अभियानमा साथ दिन प्रोत्साहन गर्दै यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको बताइएको छ ।

प्रकाशित: २०८० चैत १४ गते बुधबार ०३:४६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना