छोनछिन (चीन)- जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन आइपुगेका छन्।
छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले उपप्रधानमन्त्री श्रेष्ठलाई स्वागत गरे। आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भेट गर्ने कार्यक्रम छ। छोनछिनमा रहँदा उनले विभिन्न एतिहासिक क्षेत्रको भ्रमण गर्नछन्।
