काठमाडौँ– नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन्।
मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन्।
यसैगरी, सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन्।
पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देउवाले सहकारी विभागमा पनि १० जना सदस्य थप गरेका छन्।
विभागको प्रमुखमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल छन्।
रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लागेकाले उनीमाथि छानबिन गर्न कांग्रेसले सदनमा विरोध गर्दै आइरहेको अवस्थामा कांग्रेसले सहकारी विभागलाई विस्तार गरेको हो।
लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कांग्रेसको माग छ। तर सहकारी ठगीमा रवि संलग्न भएको प्रमाण नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा वक्तव्य दिँदै आएका छन्।
यी हुन् विभागमा थप भएका सदस्य
१. श्री भानुभक्त ढकाल, बागमती प्रदेश
२. श्री चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. श्री डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. श्री राजेन्द्र पौडेल, बागमती प्रदेश
५. श्री गोमा नेपाल, कोशी प्रदेश
६. श्री पदम दाहाल, कर्णाली प्रदेश
७. श्री विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. श्री शम्भु घिमिरे, बागमती प्रदेश
९. श्री नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. श्री कृष्ण खनाल, कोशी प्रदेश



