काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ।
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्।
प्रदेशसभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।


