काठमाडौँ- चिनियाँ कम्पनी चांगन डीपलको विद्युतीय गाडी डीपल एस ०७ नेपाली बजारमा सार्वजनिक भएको छ।
चांगन डीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले आइतबार गाडी सार्वजनिक गरेका हुन्।
यो गाडीमा रहेको ब्याट्रीको क्षमता ६६.८ किलोवाट आवर छ।
एकपटकको फुल चार्जमा ४८५ किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीको भनाइ छ।
नेपाली बजारमा यो गाडीको मूल्य ७२ लाख रुपैयाँ राखिएको छ।
यो कारको इन्जिन स्टार्ट भएपछि ६.७ सेकेन्डमा १०० किलोमिटरको स्पिड भेट्न सक्छ।










