२०८३ कार्तिक १४ गते शुक्रबार

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २०
ncell

काठमाडौँ– एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ।

प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले-१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो। यस एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागिहरुले प्रतिस्पर्धा गरेका थिए।

प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८-होलमा खेलाइएको थियो। एनसेल ‘ए’ समुहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए। लामाले तेस्रो रनर अप बनेकोमा रु. १०,००० नगद पुरस्कार जितेका थिए।

व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समुहले प्रतियोगिताको उपाधी जित्न सफल भएको थियो। कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

रोक्काले रु. ५०,००० नगद पुरस्कार पनि जितेका छन्। मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो। यसका लागि खड्काले रु. ३०,००० नगद पुरस्कार पनि जितेका थिए।

त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउन्डेसनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो।

चौलागाईले रु २०,००० नगद पुरस्कार जितेका थिए। सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रा.लिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए। उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।यो गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले आयोजना गरेको थियो।

प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवद्र्धन गर्नु रेहेको थियो। प्रतियोगितामा हिमालयन बैंक, साल्ट ट्रेडिङ, हाइडेलबर्ग, अर्शिया कउचर, क्रिएशन्स सफ्ट नेपाल, एईडीए, डाइनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाटभटेनी इन्टरनेशनल प्रा.लि, लामा एक्सकर्सन प्रा.लि, जावलाखेल गु्रप अफ इन्डिष्ट्रीज् (जेजीआई), विजय मोटर्स, विजडम ल सोलुसन्स, ब्याड ब्वाइज गु्रप, लियोन मोटर्स, प्रिमियर अर्गानिक्स र सालिकोको सहभागिता रहेको थियो।

प्रकाशित: २०८० चैत २० गते मङ्गलबार ०१:३९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना