काठमाडाैँ- भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई १ सय ५७ रनकाे लक्ष्य दिएकाे छ।
गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे। नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए। यस्तै सन्दीप जाेराले २९ रन बनाए। बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए।
टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ। फाइनल खेल चैत २५ गते हुनेछ।


