काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ। माओवादीले उम्मेदवार नदिउर एमालेलाई समर्थन गर्न निर्णय लिने तयारी गरेको हो।
कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उम्मदेवारका लागि सिफारिस भएकाहरूलाई माओवादीले उम्मेदवारी नदिने सूचना दिइसकेका छन्।
इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले पार्टीले एमालेलाई समर्थन गर्न संकेत गरेकाले त्यही अनुसार आफूहरू तयार भएको बताए। यद्यपि पार्टीले औपचारिक रूपमा निर्णय लिन बाँकी रहेको उनको भनाइ छ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।


