काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।
यो जितसँगै पञ्जाबले चार खेलमा चार अंक जोडेको छ। गुजरातको समेत समान खेलमा समान ४ अंक छ। रन रेटका आधारमा पञ्जाब ५औं स्थानमा छ भने गुजरात छैठौं स्थानमा छ।
आईपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज साँझ ७:४५ बजे सुरु हुनेछ।


