काठमाडौँ- सीजीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ अफर ल्याएको छ।
यस अफरमा सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनमा ५८ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार समेत उपलब्ध छ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामानसँगै ढुक्कका साथ नयाँ वर्षमा एक नयाँ सुरुआत गर्दै उत्सव मनाउन सक्ने कमपनीले जनाएको छ।
यस अफरमा सीजीका एलइडी टीभी, गुगल टीभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनहरूमा पक्का उपहार छन्।


