काठमाडौँ- बहुल राष्ट्रिय राज्यको माग गर्दै राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको छ।
राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजधानीमा सुरु भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो।
काठमाडौँको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको हो।
प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो।
दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर प्रदर्शन भइरहेको स्थानबाट बाहिर निस्किएका थिए।
महतो भागेपछि प्रदर्शनमा सहभागी तितरबितर भएका थिए।
आन्दोलनको नेतृत्व गर्ने महतो नै भागेको भन्दै केही प्रदर्शनकारीले भने आलोचना गरेका छन्।
अध्यक्ष महन्थ ठाकुरसँग विवाद भएपछि महतो नयाँ अभियानको नेतृत्व गर्न थालेका हुन्।


