बझाङ– वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ ‘क’मा १० जनाको उम्मेदवारी दर्ता हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
साँझ ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टको उम्मेदवारी दर्ता गराएकी छन्।


