२०८३ कार्तिक २४ गते सोमबार

झपट पुरस्कार समितिबाट पुडासैनी, पोखरेल र शर्मा पुरस्कृत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
Jhapat-1

काठमाडौँ- झपट पुरस्कार व्यवस्था समितिले तीन जना साहित्यकारलाई ‘झपट पुरस्कार’बाट पुरस्कृत गरेको छ।

समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्राडा ऋषिराम शर्मालाई पुरस्कार प्रदान गरेका हुन्।

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ पुडासैनीलाई ‘झपट पुरस्कार’बाट पुरस्कृत गरिएको हो।

यसैगरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा ‘मानसाग्नि’लाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको छ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ छ।

नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्राडा ऋषीराम शर्मालाई ५० हजार रुपैयाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरियो।

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले समारोहमा ‘झपट अभिलेख’को लोकार्पण गरे।

झपट पुरस्कारका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा सम्पन्न समारोहमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई, झपट पुरस्कार व्यवस्था समितिका उपाध्यक्ष तथा पुरस्कार निर्णायक समितिका संयोजक प्रा.केशव सुवेदी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव रेखा राणाले संस्थाका गतिविधि माथि प्रकाश पारेका थिए।

प्रकाशित: २०८० चैत २५ गते आईतबार ११:५१
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना