काठमाडौँ- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ।
इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमान्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन्।
त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन्।
शर्मा झापा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। प्रतिनिधि सभामा उनी पहिलोपटक गत निर्वाचनमा चुनिएका हुन्।
यस्तै बझाङमा खटाइएका साउद पूर्वपरराष्ट्रमन्त्री हुन्।


