काठमाडौँ- कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ।
नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो शृंखला सार्वजनिक गरिने बैंकले जनाएको छ। १३ वटा शृंखला भएको सो भिडियो विभिन्न आर्थिक चुनौती र माईलस्टोन पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जीवनलाई पछ्याउँछ।
प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ। भिडियो शृंखलाको उद्देश्य आकर्षक कथाकथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ।
सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ। बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।
डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटीएमबाट आफ्ना अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आइरहेको छ।
भिडियो:


